१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

ऋण असुली न्यायाधीकरण गठन

काठमाडौँ- सरकारले अर्थ मन्त्रालयअन्तर्गत ऋण असुली न्यायाधीकरणसम्बन्धी प्रस्ताव पारित गर्दै पदाधिकारीसमेत नियुक्त गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले ऋण असुली न्यायाधीकरणको अध्यक्षमा कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका उपसचिव शेरधन कार्की, बैँकिङ् सदस्यमा उपेन्द्रबहादुर कार्की र लेखा सदस्यमा रामशेखरप्रसाद चौधरीलाई नियुक्त गरेको हो।
सरकारले आजै अदालतको निर्णयको सम्मान गर्दै सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक रञ्जन कोइरालालाई भविष्यमा सरकारी नोकरीका लागि अयोग्य हुने गरी सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको कानुनमन्त्री नरहरि आचार्यले जनाए।
मन्त्रिपरिषद्को बैठकले नेपाल औद्योगिक व्यवस्थापन लिमिटेड सञ्चालक समितिको अध्यक्षमा नन्दकिशोर बस्नेतलाई नियुक्त गर्नुका साथै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई नेपाल र ओमानबीच हवाई सेवा सञ्चालनका लागि भएको समझदारी पत्रमा हस्ताक्षर गर्न अनुमति दिएको छ। रासस

प्रकाशित: ११ पुस २०७१ ०३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App