८ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

एमाले थप शक्तिशाली भएर अगाडि बढ्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले थप शक्तिशाली र ऊर्जावान पार्टी भएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। एमाले जिल्ला कमिटी भक्तपुरको आठौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले भने, 'एमाले अबको तीन तहको चुनावपछि मुलुकको सबैभन्दा ठूलो, शक्तिशाली पार्टी बनेर उदाउने छ, एमालेको विकास र समृद्धिको अभियानलाई फेरि अगाडि बढाउने छ।'

उपाध्यक्ष पोखरेलले एमालेले स्वाभिमान र स्वतन्त्रताका साथमा सामाजिक सद्भाव कायम गर्दै समाजलाई रुपान्तरण गर्ने लक्ष्यका साथ अगाडि बढेको दावी गरे। एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले केपी ओलीले सरकारको नेतृत्व गरेको बेलामा भक्तपुरको विकासले गति लिएको दावी गरे। एमाले केन्द्रीय सदस्य एवम् भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्रले एमालेलाई भक्तपुरमा पहिलो शक्ति बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

प्रकाशित: २३ पुस २०७८ १३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App