६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

स्वाधिनताको मामिलामा सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिन जरुरी: महासचिव पोखरेल

नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको मामिलामा सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिनु जरुरी रहेको बताएका छन्। आइतवार नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालका राजनीतिक दलहरु राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र राष्ट्रिय स्वाभिमानको मामिलामा एकै ठाउँमा उभिनु जरुरी रहेको बताए।

उनले नेपालको परराष्ट्र नीति राष्ट्रिय स्वार्थको आधारमा बन्नुपर्ने बताए। राष्ट्रियताको विषयमा राजनीतिक दलहरु विभाजित भएमा विदेशी शक्तिहरु नेपालको राजनीतिमा खेल्ने उनले जनाए।

महासचिव पोखरेलले तत्कालिन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले एउटै म्याण्डेडको आधारमा जनादेश प्राप्त गरेपनि जनादेशको रक्षा गर्न नसकी जनादेश खण्डित भएको बताए। जनादेश खण्डित भएको अवस्थामा ताजा जनादेशमा जानुपर्ने भन्दै उनले एमालेले जनादेशमा जाने कुरा गर्दा प्रतिगमनको लेपन लगाइएको बताए।

उनले नेपालका राजनीतिक दलहरु अधिकारको सम्बन्धमा मिल्ने गरेको भएपनि देशको आर्थिक, सामाजिक मुद्धामा भने मिल्न नसकेको बताए।

प्रकाशित: ११ पुस २०७८ १२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App