१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमसिसीको बिरोधमा संघीय संसद भवन बाहिर प्रदर्शन

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को बिरोधमा नयाँ बानेश्वरस्थित संघीय संसद भवन बाहिर प्रदर्शन गरिएको छ। मंगलबार सिपी गजुरेलको नेतृत्वमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाललगायतका घटकहरुको आह्वानमा एमसीसीको विरोध गर्दै संसद भवन बाहिर प्रदर्शन गरिएको हो।

दजनौँको संख्यामा भेला भएका युवाहरुले एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, दलालहरु होसियार, एमसीसी खारेज गर लगायतका नारा लगाएका थिए भने कालो झण्डा प्रदर्शन गरेका थिए।

एमसीसीको विरोध गर्दै सडकमा उत्रिनेहरुलाई प्रहरीले बलपूर्वक हटाएको छ भने केही युवाहरुको समुहलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ। उनीहरुले राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, नो एमसिसी लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरका थिए।

प्रकाशित: २८ मंसिर २०७८ ११:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App