१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

काँग्रेस सभापतिमा देउवा, कोइराला, सिंह र निधिको उम्मेदवारी

नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारी परेको छ। काँग्रेसको काठमाडौंमा जारी १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि नेताहरुले उम्मेदवारी दर्ता गराएका हुन्।

दर्ता गरेकामा शेरबहादुर देउवा नेतृत्वको उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का रहेका छन् भने महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदिप पौडेल रहेका छन्।

सहमहामन्त्रीमा महिलातर्फ डिना उपाध्याय, जनजातितर्फ भिष्मराज आङदम्बे, मधेशीमा महेन्द्र यादब, खसआर्यमा किशोरसिं राठोर, थारुमा उमाकान्त चौधरी, मुश्लिममा फरमुल्ला मनसुर, पिडडिएको वर्गमा जीवनबहादुर शाही र दलितमा मानबहादुर विश्वकर्मा रहेका छन्।

यस्तै शेखर कोइराला नेतृत्वको टीमा उपसभापतितर्फ चन्द्र भण्डारी, धनराज गुरुङ रहेका छन्। सोही टीमको महामन्त्रीमा मिलेन्द्र रिजाल, गगनकुमार थापा, सहमहामन्त्रीमा महितातर्फ कमला पन्त, जनजातीमा विकास लामा, मधेसीमा रामकृष्ण यादव, खसआर्यमा देवराज चालिसे, थारुमा तेजुलाल चौधरी, मुश्लिममा शेख वकिल, पिछडिएको वर्गमा बद्री पाण्डे र दलितमा जीवन परियार रहेका छन्।

यता प्रकाशमान सिंहको टीममा उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता भएको छ। यस्तै नेता विमलेन्द्र निधिको टीममा भने उनको मात्र उम्मेदवारी परेको छ।

प्रकाशित: २५ मंसिर २०७८ ११:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App