१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मसाल जुलुसमा प्रहरीको हस्तक्षेप

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निकालेको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर मशाल खोसेको छ। चर्को मूल्य वृद्धिको विरुद्धमा आन्दोलन गर्दैको उक्त पार्टीले भोलि ३० कात्तिकमा नेपाल बन्द घोषणा गरेर आज मशाल जुलुस निकालेको थियो। सिद्धिचरण नगरपालिका १२ स्थित गणेशचोक नजिकैबाट सुरु भएको जुलुस प्रहरीले गणोशचोकमै रोकेको थियो।

प्रहरीले रोकेपछि एक दर्जन संख्यामा रहेका आन्दोलनकारीले मशाल भुइँमा बालेर नारा जुलुस सुरु गरेका थिए। भुइँमा बालेको मशालमा समेत प्रहरीले पानी हालेर निभएको थियो। आन्दोलनकारी भन्दा प्रहरीको संख्या बढी भएपछि चोकमै कोणसभा गरेर नेपाल बन्द सफल बनाउन अपिल गर्दै जुलस निकाल्नेहरू फर्केका थिए।

मंगलबार नेपाल बन्द घोषणा गरेपछि सुरक्षाकर्मी सोमबार साँझदेखि नै परिचालन गरिएको छ।

प्रकाशित: २९ कार्तिक २०७८ १४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App