३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

क्षत्रीय सभापतिका आकांक्षी गिरी वडामै पराजित

वडामै पराजित भएका डिल्ली गिरी।

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का लागि सभापति पदका सशक्त आकांक्षी भनिएका डिल्ली गिरी वडाबाटै पराजित भएका छन्। बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का क्रियाशिल सदस्य रहेका उनी आइतबार सम्पन्न निर्वाचनबाट क्षेत्रीय प्रतिनिधीमा पराजित भएका हुन्। क्षेत्रीय सभापतिको उम्मेदवार बन्न क्षेत्रीय प्रतिनिधी अनिवार्य हुनुपर्ने ब्यवस्था नेपाली कांग्रेसको विधानमा छ। 

उक्त वडाबाट नेपाली कांग्रेसका जिल्ला सचिव तप्त पौडेल, जिल्ला सदस्य पवनकुमार शाह, नेपाली कांग्रेस राप्ती सोनारीका सभापति भिम रानासहित १९ जना क्षेत्रीय प्रतिनिधी निर्वाचित हुँदा क्षेत्रीय सचिव गिरी त्यसमा पर्न सकेनन्। वडा नम्बर २ का मतदान अधिकृत विकास शर्माका अनुसार गिरीले १ सय मत प्राप्त गरे। गिरी २ मतको अन्तरले पराजित भएको उनले बताए। कांग्रेसको संस्थापन पक्ष इतरबाट गिरी क्षेत्र नम्बर १ मा राम्रो प्रभाव जमाउने नेताको सूचीमा पर्छन्।  

संस्थापन इतर (कोइराला र पौडेल) पक्षका नेता गिरीलाई क्षेत्रीय सभापति पदका लागि सशक्त ढंगले अगाडी सारिएपछि आफ्नै गुटका जिम्मेवार ब्यक्तिले षडयन्त्र पुर्वक हराएको गिरी निकट एक नेताले सुनाए। ‘संस्थापन इतर पक्षबाट क्षेत्रीय सभापतिको उम्मेदवार डिल्ली गिरीलाई नै बनाउने निश्चित नै भइसकेको थियो, त्यसैले वडामै हराएर सभापतिको उम्मेदवारबाट रोक्न आफ्नै गुटले षडयन्त्र पूर्वक हराएको कुरा प्रष्ट छ,’ उनले भने।

स्रोतका अनुसार नेता गिरीलाई क्षेत्रीय सभापतिको उम्मेदवार बनाउने विषयमा नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आन्तरिक रुपमा निर्णय नै गरिसकेको थियो। उक्त पक्षले क्षेत्र नम्बर १ को सभापतिका लागि गिरी नै योग्य रहेको भन्दै आन्तरिक रुपमा चुनावको तयारी गर्न वचन दिइसकेको थियो। संस्थापन इतर पक्षबाट क्षेत्रीय सभापति पदकै अर्का आकांक्षी पोषण केसी राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ बाट क्षेत्रीय प्रतिनिधीमा निर्विरोध चयन भइसकेका छन्। गिरीलाई नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, पुर्वसांसद ज्ञानु केसी, नेता हुर्मत न्यौपाने लगायत नेताको पुरै साथ थियो, भने केसीलाई नेपाली कांग्रेस बाँकेका सचिव तप्त पौडेलले मात्र खुलेर साथ दिइरहेका छन्।  

निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रतिक्रिया दिदै नेता गिरीले आफ्नै टिमबाट षडयन्त्र पुर्वक आफुलाई हराउने काम भएको बताए। ‘म क्षेत्रीय सभापति पदको सशक्त उम्मेदवार थिए, त्यसकारण मलाई टिमबाट उम्मेदवार हुन नदिन आफ्नै टिमका जिम्मेवार ब्यक्तिले षडयन्त्र गरे, यति सम्मकी ७/८ वटा मत प्यानलबाट क्रस भएको देखिन्छ, यसबाट नै म माथीको षडयन्त्र प्रष्ट हुन्छ,’ उनले भने। गिरी क्षेत्रीय प्रतिनिधीमा आउन नसकेपछि संस्थापन इतर पक्षले क्षेत्रीय सभापतिको उम्मेदवार अब कस्लाई बनाउने भन्नेमा अन्यौलता सिर्जना भएको स्रोतको भनाइ छ।

देउवा पक्षले भने क्षेत्र नम्बर १ का वर्तमान सभापति माधवराम खत्रीलाई क्षेत्रीय सभापतिको उम्मेदवारका रुपमा अगाडी सारिसकेको छ। देउवा पक्षले खत्री नै सशक्त र बलियो उम्मेदवार भएको निस्कर्ष निकाल्दै खत्रीलाई अगाडी सारेको जनाएको छ। यस्तै क्षेत्र नम्बर १ को सभापति पदकै लागि कांग्रेस नेताकृष्णप्रसाद सिटौला पक्षबाट नेपाल बिद्यार्थी संघ बाँकेका अध्यक्ष समेत रहेका नेता पूर्णप्रसाद आचार्य आकांक्षी छन्।

प्रकाशित: २९ कार्तिक २०७८ ०८:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App