१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

आगामी निर्वाचनसम्म गठबन्धनका दलहरुसँगै रहनेछन्ः खाँण

कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचनसम्म सत्ता गठबन्धनमा रहेका दलहरुसँगै रहने बताएका छन्। आइतबार रुपन्देहीको मणिग्रामस्थित निवासमै नेपाली काँग्रेस रुपन्देहीले गरेको स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खाँणले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका हुन्।

गठबन्धन सरकारले संविधान कार्यान्वयन गर्दै जनताको चाहना र विश्वासलाई अझ मजबुत बनाउँदै लैजाने पनि उनले बताए।

गृहमन्त्री समेत रहेका खाँणले शान्ति र स्थायित्व कायम गर्दै संविधानको कार्यान्वयन र व्यवस्था रक्षाका लागि सरकार गम्भीर रहेको बताए। संघीय लोकतान्त्रिक गणतन्त्र सबैका लागि स्वीकार्य भएको उल्लेख गर्दै उनले संविधान र व्यवस्थाका प्रति सबैको स्वामित्व स्थापित हुने गरी सरकारले काम गरिरहेको बताए।

संविधानको मूलधारमा नआएका राजनीतिक दलहरुलाई पनि मूलधारको राजनीतिमा ल्याउन संवादको थालनी गरिएको उनले जानकारी दिए। ‘संविधानको मूलधारमा नआइसकेका राजनीतिक दलहरुलाई कसरी मूलधारमा ल्याउन सकिन्छ भन्ने बिषयमा सरकार क्रियाशील छ,’ कार्यवाहक प्रधानमन्त्री खाँणले भने।

बेमौसमी वर्षाको बाढी, पहिरो र डुवानबाट धनजनको ठूलो क्षती भएको र प्रभातिवतहरुलाई राहतका लागि सरकारको तर्फबाट सम्बोधन भइसकेको उनको भनाइ छ। लोकतन्त्र र पत्रकारिता एउटै सिक्काका दुईवटा पाटा भएको उल्लेख गर्दै उनले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा रहेको बताए।

प्रकाशित: १४ कार्तिक २०७८ १३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App