१२ वैशाख २०८३ शनिबार
image/svg+xml
राजनीति

देशलाई नै कालो सूचीमा पार्ने गम्भीर बाटोमा सरकार गईरहेको छः सांसद अधिकारी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले नेपाललाई नै कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।

सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा लुटिएका करिव २१/२२ अर्ब कालोधनलाई वैधानिकता दिने गरी प्रावधान ल्याएको भन्दै उनले अब नेपाललाई नै सरकारले कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका हुन्। 

सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले संचारकर्मीमाझ भने,‘हुँदाहुँदा लुटिएका झण्डैझण्डै २१/२२ अर्ब अन्तर्राष्ट्रिय कानुन समेत, आतंककारी कानुन समेत आकर्षित हुने कानुनलाई समेत उल्लंघन गरेर यो देशलाई नै कालो सूचीमा पार्ने गम्भीर बाटोमा सरकार गईरहेको छ।’

सांसद अधिकारीले सरकारले दलीय व्यवस्थालाई नै समाप्त पार्न अवरुद्ध संसदलाई सूचारु गराउन पहल नगरेको तर्क समेत गरे।

प्रकाशित: ११ आश्विन २०७८ ११:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App