१६ वैशाख २०८३ बुधबार
image/svg+xml
समाज

कहाँ-कहाँ राखिँदैछ सुकुम्बासीलाई ?

स्थानान्तरण गरिएका सुकुम्बासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राखिने भएको छ।

शनिबार र आइतबार ती क्षेत्रबाट स्थानान्तरण गरेर सुकुम्बासीहरूलाई नागार्जुन (इचङ्गु) को ४२ वटा आवास युनिटमा राखिने भएको छ। कीर्तिपुरको सत्सङ्गको ठूलो भवनमा राख्नका लागि अर्को स्थान तय गरिएको छ।

भक्तपुरस्थित बोडेमा कृषि विकास बैंकको तालिम केन्द्रमा राखिने भएको छ। खरीपाटी र चाँदबागमा सरकारी भवन र खाली जग्गा पनि अस्थायी बसोबासको व्यवस्था गरिएको छ।

काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती शनिबार बिहानैदेखि खाली गर्न सुरु गरिएको छ। सरकारले सार्वजनिक जग्गाबाट अनधिकृत संरचना हटाउन निर्देशन दिएपछि त्यहाँ बसिरहेका मानिसहरू अन्यत्र जान थालेका छन्।

अहिले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीको उपस्थितिमा डोजर चलाएर अनधिकृत घरटहराहरू भत्काउने काम भइरहेको छ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार थापाथलीका अनधिकृत टहरा हटाइसकेपछि आजै काठमाडौं महानगरपालिका-९ गैरीगाउँको सुकुमबासी बस्ती पनि खाली गर्ने तयारी भइरहेको छ।

प्रकाशित: १२ वैशाख २०८३ १२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App