१२ वैशाख २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दै छ। नवौँ अधिवेशनको आठौँ बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बैठक बस्ने बस्न लागेको हो। 

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। 

संसदको चालु अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ। 

आजको बैठकमा पनि एमालेले अवरोध गर्ने तयारी गरेको छ। आजै राष्ट्रियसभाको बैठक पनि बस्दै छ। राष्ट्रियसभाको बैठक बिहान ११ बजे बस्ने तय छ।

प्रकाशित: ११ आश्विन २०७८ ०४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App