८ वैशाख २०८१ शनिबार
राजनीति

एमालेमा सात उपाध्यक्ष बनाउने प्रस्ताव

नेकपा (एमाले) को केन्दीय कमिटी बैठकले हाल कायम रहेको पदाधिकारी सङ्ख्या हेरफेरको प्रस्ताव अघि बढाएको छ। तीन दिनदेखि जारी बैठक समापनपछि बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख योगश भट्टराईले महासचिव, उपमहासचिव र सचिवको सङ्ख्या हाल रहेको कायम गर्दै सातजना उपाध्यक्षको विषय समूहगत छलफलमा उठेको बताए।

उनका अनुसार सो विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सकारात्मक भएका छन्। अध्यक्ष ओलीले उपाध्यक्ष बढाउँदा त्यसले कमिटीमा पार्नसक्ने प्रभाव ध्यान दिनुपर्ने बताएका थिए। यस विषयमा फेरि छलफल गरेर ठोस धारणा बनाइने उनले भनेको सचिव भट्टराईले जानकारी दिए। उनले भने, ‘स्थायी कमिटीमा थप छलफल हुनेछ।’ 

प्रकाशित: १० आश्विन २०७८ १५:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App