सीता बालमुकुन्द पोख्रेल प्रतिष्ठान, काठमाडौं, गोठाटारले समाजसेवा र साहित्य विधातर्फ २०८२ का लागि दुई व्यक्तित्वलाई पुरस्कार दिने घोषणा गरेको छ।
समाजसेवा (महिला, बालबालिका) क्षेत्रमा लामो समयदेखि योगदान गरेबापत वरिष्ठ समाजसेवी डा. विजयालक्ष्मी श्रेष्ठ (ललितपुर) र नेपाली आख्यान साहित्यमा विशिष्ट योगदान गरेबापत साहित्यकार उमा सुवेदी (झापा) लाई जनही २५ हजार २२५ राशिको पुरस्कार अर्पिने निर्णय गरेकाे छ।
उक्त पुरस्कार २०८३ वैशाख १७ गते दिउँसो १ बजे नेपाल प्रज्ञाप्रतिष्ठानको पारिजात हलमा विशेष समारोहबीच समर्पण गरिने संस्थाका अध्यक्ष सुरेश गाउँलेले बताए।
प्रकाशित: १३ वैशाख २०८३ ०९:०९ आइतबार





