३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

मोरङमा राप्रपाबाट आएकाले पाएनन् कांग्रेसकाे क्रियाशिल सदस्यता

वडा अधिवेशनमा मनोनयन दर्ता गर्न आफ्नो नाम खोज्दै विराटनगर-१२का कार्यकर्ताहरू। तस्बिरः विनोद/नागरिक

मोरङमा राप्रपाबाट आएका कार्यकर्ता कांग्रेसको क्रियाशिल सदस्य हुनबाट बञ्चीत भएका छन्। वडा अधिवेशन सुरूभइसके पनि राप्रबाट समायोजन भएर आएका कार्यकर्ताहरूले क्रियाशिल सदस्याता पाएनन्।  

कांग्रेसको महाअधिवेशनमा क्रियाशिल सदस्यहरूले मात्रै  चुनाबमा भागलिन पाउने व्यवस्था छ। तर, राप्रपाबाट समायोजन भएर आएका कार्यकर्ताले सदस्याता नै नपाएपछि मोरङमा राप्रपाबाट आएका कार्यकर्ताहरू महाअधिवेशनमा भागलिनबाट बञ्चीत भएका छन्। 

कांग्रेसले महाअधिवेशन अगाडि मात्रै क्रियाशिल सदस्यता बाँड्ने भएकाले मोरङका राप्रबाट समयोजन भएर आएका नेता कार्यकर्ताले अर्को महाअधिवेशनसम्म क्रियाशिल सदस्यका लागि कुर्नुपर्ने भएको छ। मोरङमा मंगलबार देखि वडा अधिवेशन सुरू भइसकेको छ।  

मंगलबार १२ बजेसम्ममात्रै वडाका पदाधिकारी र क्षेत्रीय प्रतिनिधिको उमेद्वारी दिन पाइने भएकाले उक्त समय समेत गुज्रीसकेको छ। वडा अधिवेशनको अघिल्लो दिन वेलुका सम्म पनि क्रियाशिल सदस्यता आउदैछ भनेर कार्यकर्ताहरूलाई पार्टीका नेताहरूले थामथुम पारिरहेका थिए। तर, उमेद्वारी दिने समयसम्म पनि सदस्यता नै नआएपछि राप्रबाट समायोजन भएर आएका कार्यकर्ताहरू निराश भएका छन्। 

मोरङमा साँढे  ५ सय जना राप्रपाबाट समायोजन भएर आएका कार्यकर्ताहरूलाई क्रियाशिल सदस्यका लागि सिफारिस गरिएको थियो। सिफारिस गरिएकाहरू मध्ये कसैको पनि क्रियाशिल सदस्यता नआएको नेपाली कांग्रेस मोरङले जनाएको छ। नेपाली कांग्रेसका सभापति डिगबहादुर लिम्बुले मोरङमा राप्रपाबाट समायोजन भएर आएका कसैले पनि क्रियाशिल सदस्यता नपाएको जानकारी दिए। 

उनका अनुसार क्रियाशिल सदस्यता नै नपाएका कारण राप्रपाबाट आएकाहरूले १४ औं महिअधिवेशनमा भाग लिन पाएनन्। राप्रपाबाट समायोजन भएर आएका ५ सय ५५ जनाको नाम मोरङबाट सिफारिस गरिएको लिम्बुले जानकारी दिए। 

प्रकाशित: ५ आश्विन २०७८ १०:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App