१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसदमा एमसिसी खारेजीको माग

भक्तपुर नगरपालिका वडा नं ७ कार्यालयको आयोजनामा भएको नमूना युवा संसद अभ्यासको पहिलो दिनमा सांसदहरुले एमसिसी सम्झौता बिषयमाथि बहस गरेका छन्।  आयोजक भनपा ७ का वडाध्यक्ष उकेश कवांले संसदीय संचालन प्रकृयासम्बन्धी जानकारी गराउँदै एमसिसीले देशको सार्वभौमिकतामाथि नै आँच आउने खतरा देखिएकोले यो सम्झौताको बिरोध गर्नुपर्ने  बताए।

नमुना युवा संसदको सो बैठकमा बहुमत सांसदहरु  एमसीसी सम्झौता खारेज गर्ने पक्षमा देखिएका छन्। एमसिसी सम्झौता देशघाती सम्झौता भएको दाबीसमेत गरेका छ्न्। संविधानसंँ बाझिएको खण्डमा एमसिसीकैकानुन लागू हुने, विभिन्न परियोजनाहरुमा भारतको समर्थन स्विकृति चाहिने जस्ता देशघाती बुँदाहरु समेत उल्लेख भएको हुँदा एमसिसी सम्झौता संशोधन होइन खारेज गर्नुपर्ने तर्क गरेका छन्।

५५ अर्व रकमसँग देशको अस्तित्व जोखिममा राख्न नहुने भन्दै एक युवा सांसदले एमसीसी सम्झौता इण्डो प्यासिफिक स्टे«टिजीअन्तर्गत सैन्य गठबन्धन भएकोले नेपाललाई चीनबिरोधी भूमिको रुपमा प्रयोग गर्ने गोप्य रणनीति हो भनी ठोकुवा गरे। युवा संसद बैठकमा सांसदहरुले एमसिसी कुनै पनि हालतमा पास गर्न नहुने र हुन नदिने चेतावनी पनि दिएका छन्।

नमुना युवा संसदमा पेश भएको एमसिसी सम्झौता बिषयक छलफलमा हरिरत्न गोर्खाली, राकेश सुकुपायो , नारायण शिल्पकार,राजन माक,रन्जन कवां, चन्द्रप्रसाद दुमरु श्रीजन लवजु,सरु दुमरु र रिता दुमरुले आआफ्नो तर्क प्रस्तुत गरेका छन्। नमुना युवा संसदका सभामुखको भूमिकामा रहेका उकेश कवांले एमसिसी सम्झौता बिषयको छलफलमा सहभागी युवा सांसदहरुलाई धन्यवाद दिँदै आगामी संसद बैठक असोज ९ गते शनिबार बिहान ७ः३० बजेका लागि तोकेका छन्।

प्रकाशित: २ आश्विन २०७८ ०७:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App