coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम इन्चार्ज म नै हुँ : लेखराज भट्ट

महेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता लेखराज भट्ट। तस्बिरः नागरिक

नेकपा एमालेका नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताएका छन्। मंगलबार कञ्चनपुरको महेन्द्रनगरमा प्रेस चौतारी नेपाल जिल्ला शाखाद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको बताएका हुन्।  

एमाले सदूरपश्चिम इन्चार्जको विषयलाई लिएर पार्टीभित्र रावल र भट्टबीच विवादको  चर्चा चलिरहेका बेला उनले विवाद नभएको स्पष्ट पारेका हुन्। पार्टी अध्यक्षले सुदूरपश्चिमको इन्चार्जमा आफूलाई, अध्यक्षमा कर्ण थापा र उपाध्यक्षको हैसियतमा भीम रावललाई सहजीकरण कार्यदलको नेतृत्व गर्दै तलका समस्या समाधान गर्ने भनेकाले सोही अनुसार आफूहरु अगाडि बढेको उनले बताए। 

उनले भने, ‘स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठक र आफूहरु तीनै जनालाई  बोलाएर अध्यक्ष कमरेडले एकीकरणसहितको नेकपा एमाले हो, त्यसैले बाँडफाँट भएको जिम्मेवारी अनुसार नै काम गर्नुहोला भन्नु भएको थियो।’ कार्यक्रममा बोल्दै नेता भट्टले  भीम रावल र आफूबीच मतभेद नरहेको पनि दावी गरे। ‘रावल कमरेडले पार्टीभित्र आफ्नो मत राख्नुलाई स्वभाविक मान्नुपर्छ,’ उनले भने,‘अहिले कार्य विभाजनको प्रश्न हो। उहाँ र मेरोबीचमा मतभेद छैन, हामी सद्भावपूर्ण व्यवहार र एकअर्कालाई बुझी सहकार्य गरेर जाने छौँ।’  

तर, कैलालीको धनगढीमा एमाले उपाध्यक्ष भीम रावलले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफू एमाले उपाध्यक्ष र सुदूरपश्चिम इन्चार्जको हैसियतमै रहेको बताए। ‘म पार्टीको उपाध्यक्ष र सुदूरपश्चिम संयाेजकको हैसियतमै छु,’ नेता रावलले भने,‘यदि पार्टीको हित हुन्छ भने म पद छाड्न डराउने मान्छे हैन, उपलब्धि नहुनेगरी कसैले कसैलाई जिम्मा दिन्छ भने त्यसको अर्थ छैन।’  

आफू उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएका बेला कञ्चनपरको दोधारा–चाँदनीमा बन्ने सुख्खा बन्दरगाहको प्रक्रियागत काम अघि बढाएको बताउँदै उनले अहिले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन निर्माण थालिएको बताए। सुख्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन सम्बन्धी क्षेत्र निर्धारण तयारी गर्ने क्रममा सरोकारवालाको राय सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आफू महेन्द्रनगर आएको उनले बताए। सुख्खा बन्दरगाह सुदूरपश्चिम मात्र नभएर मुलुककै आर्थिक समृद्धिसँग जोडिएकाले निर्माण कार्यमा राजनीति गर्न नहुने उनले बताए। 

उनले भने,‘यहाँको विकास निर्माणको ठूलो प्रोजेक्ट भएकाले यसमा राजनीति गर्नु हुन्न, यो निर्माण भएमा सुदूरपश्चिम आर्थिक क्षेत्रमा फड्को मार्छ।’

प्रकाशित: २९ भाद्र २०७८ १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App