१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचन आयोग पुगे माधव नेपाल

नेकपा (एकीकृत समाजवादी दल) दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाल सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्। माधवकुमार नेपाल लगायतका नेताहरु आयोग पुगेका हुन्। 

आयोगले सनाखतका लागि बिहान साढे ११ बजेदेखि २ बजेसम्म समय तोकेको छ। राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत चाहिन्छ। 

नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन दिएका नेताहरुले केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याउन खोजेका छन्। दल दर्ताका लागि निवेदन दिँदा एमालेको २०३ सदस्यीय कमिटीका ५७ जनाले हस्ताक्षर गरेका थिए।

प्रकाशित: ९ भाद्र २०७८ ०६:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App