६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

ओली सरकारले गरेका असंवैधानिक नियुक्ति खारेज गर्छौं : देवेन्द्र पौडेल

नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद देवेन्द्र पौडेलले ओली सरकारले गरेका असंवैधानिक नियुक्तिहरु खारेजी गर्ने र नयाँ नियुक्तिहरु गरिने बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा उनले देउवा नेतृत्वको सरकारले सो काम गर्ने बताएका हुन्। 

सरकारले विकास निर्माण र राष्ट्रिय गौरवको आयोजनालाई अघि बढाउने जनाउँदै उनले अबको दुई/तीनभित्र मन्त्रिपरिषद् विस्तार हुने दाबी पनि गरे। सरकारले चाँडै पूर्णता पाउने बताउँदै आकांक्षी धेरै भएर सरकार विस्तारमा ढिलाइ नभएको उनको भनाइ छ।

सो कार्यक्रममा नेता पौडेलले सत्तापक्षीय गठबन्धनको कार्यदलले सार्वजनिक गरेको न्यूनत्तम साझा कार्यक्रममा धेरै राम्रो कुराहरु समेटिएको जिकिर समेत गरे।

प्रकाशित: २५ श्रावण २०७८ १२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App