१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

तरण दल महाधिवेशन टुंगो लागेन

काठमाडौं— नेपाल तरुण दलले नेपाली कांग्रेससँग समन्वय गरेर चौथो महाधिवेशनको मिति तोक्ने निर्णय गरेको छ। महाधिवेशनको मितिबारे छलफल गर्न बुधबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा तरुण दलका केही नेता उपस्थित नभएपछि पार्टीसँग समन्वय गरेर महाधिवेशनको मिति टुंगो लगाउने निर्णय गरिएको हो।तरुण दलका अध्यक्ष उदयशमशेर राणाले बिहीबार विज्ञप्ति जारी गरेर तरुण दलको महाधिवेशन सम्पन्न गर्न आवश्यक सहयोग पुर्याउनका लागि केन्द्रदेखि स्थानीय तहसम्म निर्देशन दिन पार्टी सभापति सुशील कोइरालालाई आग्रह गरेका छन् । 'सचिवालय समितिका साथीहरूकै रायबमोजिम वैशाख १७ गते बैठक राखेको थिएँ,' उनले विज्ञप्तिमा भनेका छन्, 'तर, केही साथी उपस्थित नहुँदा बैठक सञ्चालन र महाधिवेशन तयारीमा बाधा उत्पन्न भएको छ ।'

प्रकाशित: १८ वैशाख २०७१ १९:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App