२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा विघटन: आजको सुनुवाइ सुरु

फाइल तस्बिर

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनको मुद्दामा आजको सुनुवाइ सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता अग्नि खेरलले बहस सुरु गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा उनले बहस सुरु गरेका हुन्।

सरकारी वकिलले बुधबार बहस सकेपछि प्रधानमन्त्रीका पक्षबाट बहस शुरु भएको हो। बुधबार प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र भण्डारी र विजयकान्त मैलानीले बहस गरेका थिए। प्रधानमन्त्रीका तर्फबाट कूल २३ जनाले बहस गर्नेछन्। प्रधानमन्त्रीका नीजि कानून व्यवसायीका लागि सात घण्टा समय छुट्याइएकामा आजका लागि चार घण्टा ३० मिनेट समय बाँकी छ।

आइतबार रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएको थियो। निवेदक पक्षलाई १२ घण्टाको समय दिइएको थियो। उक्त समयमा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीले बहस गरेका थिए।  

प्रधानमन्त्री पक्षको बहसपछि सभामुखका कानून व्यवसायीले एक घण्टाको सयम पाउनेछन्। त्यसपछि निवेदक पक्षले जवाफ दिनेछन्। जवाफ सकिएपछि अदालतको सहयोगी (एमीकस क्युरी) को बहस हुनेछ। त्यसपछि फैसला हुनेछ। सोही फैसलालाई राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिनेछ। उक्त विवादमा ३० रिट निवेदन परेका थिए। 

प्रकाशित: १७ असार २०७८ ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App