१२ वैशाख २०८३ शनिबार
image/svg+xml
राजनीति

ओली राष्ट्रवादको लगौटी, विखण्डनको पगरी बनिसकेः रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादको लगौटी विखण्डनको पगरी बनिसकेको बताएका छन्। नेता पौडेलले सामाजिक सन्जाल फेसबुकमार्फत् प्रधानमन्त्री ओली बहुल राष्ट्र मुक्तिसँग्राम गर्न सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुगेको बताएका हुन्।

'सत्ता होइन ब्यवस्थालाई महत्त्व दिउँ भन्दै थिएँ। सत्ताको पछि भौतारिँदै गर्दा हाम्रा राष्ट्रवादी केपी ओलीले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेशनै गुमाउने डुवाउने, साल्ट ट्रेडिङ मासेर आयोडिन युक्त नुनको हाहाकार गराउने र 'बहुल राष्ट्र मुक्तिसँग्राम गर्न' सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुग्नुले राष्ट्रवाद र सदाचारको लगौटी खुस्किसकेको थाहै पाएन छन्', उनले भने।  

यस्तै, उनले अगाडि भने, 'ओली राष्ट्रवादको लगौटी बिखन्डनको पगरी बनि सकेछन्।'

प्रकाशित: २४ जेष्ठ २०७८ ०७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App