२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
स्वास्थ्य

खोप सप्ताह सुरु : जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई छुटेको खोप लगाउन आग्रह

विश्व खोप सप्ताह सुरु भएको छ।  

शुक्रबार (वैशाख ११) देखि १७ गतेसम्म खोप सप्ताहको अवसरमा विभिन्न कार्यक्रम गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारले देशभरका सबै स्वास्थ्य संस्थाबाट जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा रोगविरुद्ध ९ प्रकारका खोपहरु निःशुल्क दिँदै आएको छ। खोप सप्ताहको अवसरमा आफ्ना बालबालिकाको नियमित खोप छुटेको भए लगाउन पनि मन्त्रालयले अनुरोध गरेको छ।  

खोप समेतको प्रभावकारिताका कारण नेपालमा सन् १९९६ देखि २०२३ सम्म ५ वर्षमुनिका बालबालिकाको मृत्युदर ११८ प्रति हजार जीवित जन्मबाट २६.५ प्रति हजार जीवित जन्ममा झरेको मन्त्रालयको दाबी छ। 

प्रकाशित: ११ वैशाख २०८३ १६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App