८ वैशाख २०८१ शनिबार
राजनीति

आखिर बरिष्ठताकै आधारमा बन्यो संवैधानिक इजलास

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास आइतबारका लागि गठन भएको हो ।  

बरिष्ठताको आधारमा न्यायाधीशहरु हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ रोलक्रममा रहेका थिए । न्यायाधीश कार्कीमाथि अघिल्लो विघटनविरुद्धको मुद्दामा प्रश्न उठेपछि उनी नबस्ने निर्णय गरेका थिए । श्रेष्ठ यस अघिको मुद्दा सुनुवाईमा रहेका कारण राखिएको छैन ।  

आज गठन भएको इजलास पूर्णतः बरिष्ठताको आधारमा रोलक्रम अनुसार गठन भएको छ ।  

रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका कानुन व्यवसायीले इजलास गठनमा प्रश्न उठाएपछि नयाँ गठन भएको हो ।  

यस अघि न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठका विषयमा प्रश्न उठाइएको थियो । दुवै जनाले इजलास नछोड्ने निर्णय गरेपछि संवैधानिक इजलासमा विवाद उठेको थियो ।  

प्रश्न उठाइएका दुई न्यायाधीशले इजलास नछोड्ने अडान लिएपछि न्यायाधीशहरु दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले नैतिकताका आधारमा नबस्ने घोषणा गरेपछि कानुन व्यवसायीको माग अनुसार अर्को इजलास गठन भएको हो ।

प्रकाशित: २३ जेष्ठ २०७८ ०४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App