६ वैशाख २०८१ बिहीबार
राजनीति

विश्वास नगर्नु पर्ने सरकार होइनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार विश्वास गर्न नसकिने सरकार नभएको बताएका छन्। विश्वासको मत लिन आव्हान गरिएको सोमबारको संसद बैठकमा बोल्दै उनले सरकारले मुलुकका लागेका गरेका कार्य आफै बोल्ने बताए।  

‘राष्ट्रियताको पक्षमा धेरै भन्नु परेन, सम्बर्द्धन र हित भौगोलिक अखण्डताको रक्षा र पहरेदारी गर्ने सन्दर्भमा मैले धेरै भन्नु परेन’, उनले भने, ‘हामी मुलुकको स्वभिमानमाथि उठाउने सवालमा हामी चुकेका छैनौ। सत्य आफै बोल्छन्।’

त्यस्तै उनले कोरोनाको समयमा सबै एकजुट हुनु पर्नेमा त्यसो हुन नसकिरहेको बताएका छन्। कोभिडलाई पराजित गर्ने साझा उत्तरदायीत्वबाट विपक्षीहरु टाढा रहेको पनि उनले बताए।  

‘विचारका भिन्नतालाई थाती राखेर कोरोनाविरुद्ध एक जुट हुनुपर्‍थ्यो,’ उनले भने, ‘तर अहिले त्यसो हुन सकिरहेको छैन।’

प्रकाशित: २७ वैशाख २०७८ ०८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App