माओवादीद्वारा संसद बैठक अवरुद्ध
नेकपा माओवादी केन्द्रका सांसदहरूले प्रदेश १ को संसद अवरुद्ध पारेका छन्। सोमबारको बैठक सुरू भए लगत्तै माओवादी केन्द्रका सांसदहरूले उठेर बैठक अवरुद्ध पारेका थिए।
नेकपा माओवादी केन्द्रका सांसदहरूले प्रदेश १ को संसद अवरुद्ध पारेका छन्। सोमबारको बैठक सुरू भए लगत्तै माओवादी केन्द्रका सांसदहरूले उठेर बैठक अवरुद्ध पारेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार विश्वास गर्न नसकिने सरकार नभएको बताएका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आईतबार बिहान एकाएक राजीनामा दिएपछि प्रदेशको राजनीति तरंगित बन्न पुग्यो । राजीनामासंगै मुख्यमन्त्री पोखरल प्रदेश छोडेर उपल्लो (केन्द्रीय) राजनीतिमा सकृय हुन खोजेको केही लख काटिए । तर उनको राजीनामा पद छोड्ने मनस्थितीले आएको भने थिएन । यो राजीनामाले उनको ‘सत्ता लालसा’ को उच्चतम् नमुनालाई उदांगो पार्दै थियो । संसदमा अविश्वासको प्रस्ताव टेवल भैसकेको थियो ।
गण्डकी प्रदेशसभाको बैठक दलहरुबीच सहमति जुटेपछि मात्रै बस्ने भएको छ । अविश्वास प्रस्तावमा छलफल चलिरहँदा जनमोर्चाका सांसद बेपत्ता भएपछि उनको खोजीका लागि स्थगित बैठक अब दलहरुबीच सहमति जुटेपछि मात्रै बस्ने भएको हो ।
गण्डकी प्रदेश सभाको बैठक सञ्चालनका लागि सभामुख नेत्रनाथ अधिकारी सक्रिय बनेका छन् । अविश्वास प्रस्तावमाथि छलफल चलिरहँदा अचानक स्थगित गरिएको प्रदेशसभा बैठक सञ्चालनका लागि प्रदेश सभामुखको दलहरुसँग छलफल चलाउन थालेका छन् ।
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- माधव समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्। बैठक सुरु भएपछि सांसद भीम रावलले संसदको कार्यसूची संशोधन गर्न माग गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश्वरबाट बाहिरिएका छन्। प्रधानमन्त्री ओली संसद बैठक सुरु हुन अगाडि नै संसद भवनबाट बाहिरिएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन अन्त्य भएको बताएकी छन् । नेपाल संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रीपरिषदको असार १८ गतेको सिफारिसमा संघीय संसदको दुबै सदनको चालु अधिवेशन विहिबार ५ बजे देखि अन्त्य गरिएको राष्ट्रपतिले पत्र पठाएकी छिन्।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) स्वीकार गर्ने कि नगर्ने भन्ने तीब्र विवाद भइरहेका बेला प्रतिनिधिसभाको बैठक असार १७ गते बस्नेगरी स्थगित भएको छ । असार १६ गतेभित्र संसदबाट एमसीसी पास गरिसक्नु पर्ने बताइएका बेला सभामुख अग्नीप्रसाद सापकोटाले बैठक असार १७ गतेका लागि मात्र बोलाएका हुन् ।