१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश : बिपक्षी गठबन्धनले माग्यो मुख्यमन्त्रीको राजीनामा

चार दलीय बिपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेको छ । नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र , जसपा र राजमोले प्रेस बिज्ञप्ती जारी गर्दै असंबैधानिक बाटोबाट मुख्यमन्त्री बनेका पोखरेलको राजीनामा माग गरेका हुन् । चारै दलका प्रमुख सचेतक तथा सचेतकहरुले अल्पमतमा परेका मुख्यमन्त्री पोखरेललाई नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गरिदिन माग गरेका छन् । उनिहरुले अल्पमतमा रहेका बेला पोखरेलले मुख्यमन्त्रीको सपथ लिनु असंबैधानिक कदम भन्दै बहुमत समर्थन रहेका माओबादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न समेत माग गरेका छन् । नेकपा एमालेका दुई सांसदले राजीनामा दिएको र नेकपाबाट निर्वाचन लडेका एक सांसद माओबादीमा प्रवेश गरेपछि मुख्यमन्त्री अल्पमतमा परेका छन् ।  

एमालेबाट निर्वाचित दृघनारायण पाण्डे र अमरबहादुर डाँगीले राजीनामा दिएका छन् भने नेकपाबाट उपनिर्वाचन जितेकी बिमला खत्री माओबादी केन्द्रमा प्रवेश गरेकि छिन् । हाल ७९ सदस्यीय रहेको प्रदेशसभामा मुख्यमन्त्रीको पक्षमा अब जम्मा ३७ मत मात्रै छ । तर बिपक्षी गठवन्धनका पक्षमा बहुमत ४१ सदस्य छन् । कांग्रसका १९, माओबादी केन्द्रका १९ , जसपाका २ र राजमोका १ गरि ४१ सदस्यीय रहेको बिपक्षी गठबन्धनले अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेललाई बर्खास्त गर्न माग गरेका हुन् ।  

‘अल्पमतमा रहेका पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु असंबैधानिक कदम हो, मुख्यमन्त्रीसंग भएको मत जम्मा ३७ अर्थात अल्पमत हो,’ बिपक्षी गठबन्धनले भनेको छ ‘कुल ७९ सदस्यीय रहेको प्रदेशसभामा बिपक्षी गठवन्धनको मत ४१ अर्थात बहुुमत कायम छ ।’ बहुमत प्राप्त गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा प्रस्ताव गरिएका कुलप्रसाद केसीलाई तत्काल मुख्यमनत्री नियुक्त गरिनु पर्ने उनिहरुको माग छ । यसैगरि उनिहरुले तत्काल प्रदेशसभाको बैठक बोलाउन पनि प्रदेश प्रमुख समक्ष माग गरेका छन् ।  

प्रकाशित: २३ वैशाख २०७८ ११:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App