२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचनमा रास्वपाबाट उमेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण हुनैपर्ने

क्याप्शन

आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य उत्तीर्ण गर्नुपर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले उम्मेदवार छनोटका लागि यस्तो मापदण्ड तय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए। 

प्रवक्ता झाका अनुसार चुनावमा उम्मेदवार हुन चाहने पार्टी सदस्यले तोकिएको आन्तरिक परीक्षा र प्रशिक्षण अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ।

बैठकमा उम्मेदवार छनोटसँगै अन्य महत्त्वपूर्ण सांगठनिक एजेन्डामाथि पनि छलफल भएको छ। आगामी निर्वाचन र नेतृत्व चयनलाई लक्षित गर्दै तयार पारिएका विभिन्न कार्यविधिलाई बैठकको कार्यसूचीमा राखिएको थियो।

सचिवालय बैठकमा ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा–२०८३’ र ‘महाधिवेशन कार्यविधि–२०८३’ को सम्बन्धमा छलफल जारी छ। यसका साथै ‘संसदीय दलको विधान संशोधन’ र अन्य विविध समसामयिक विषयमा पनि छलफल भइरहेको प्रवक्ता झाले जानकारी दिए।

प्रकाशित: २० वैशाख २०८३ १५:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App