८ वैशाख २०८१ शनिबार
राजनीति

तत्काल राष्ट्रव्यापी लकडाउन हुँदैनः परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार तत्काल राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्। 

आज बसेको नेकपा एमाले महाधिवेशन कमिटीको बैठकपछि पत्रकारसँग बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले कोरोना संक्रमण नियन्त्रणमा लकडाउन अन्तिम समाधान नभएको भन्दै सरकार तत्काल राष्ट्रव्यापी लकडाउन नगर्ने पक्षमा देखिएको बताएका हुन्।

'लकडाउनले कोरोना संक्रमणको जालो तोडेपनि दीर्घकालिन समाधान होइन,' उनले भने, 'अर्थतन्त्र भर्खर तंग्रिन लागेको बेला तत्काल राष्ट्रव्यापी लकडाउन नगर्ने तर आवश्यक परे स्थानीय तहमा लकडाउन गर्न सकिन्छ।' यस्तै, सरकार कोरोना रोकथाम र नियन्त्रणमा लागि परेको बताउँदै मन्त्री ज्ञवालीले नागरिकहरुमा जनचेतना फैलाउने र स्वास्थ्य मापदण्ड बनाउने बताए।

प्रकाशित: १२ वैशाख २०७८ ०८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App