१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

कोरोनाको नयाँ भेरियन्ट देखिएका ठाउँमा विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

फाइल तस्बिर

कोरोनाको नयाँ भेरियन्ट देखिएका ठाउँमा वैशाखभर विद्यालय बन्द गर्न कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सिफारिस गरेको छ । शनिबार दिउँसो सिंहदरबार बसेको बैठकले  कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गरेको हो ।  

त्यस्तै सीसीएमसीले शहरी क्षेत्रबाहेक अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहको निर्णयअनुसार हुने निर्णय गरेको छ।

सीसीएमसीले गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले स्वीकृतगर्न बाँकी छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले बारम्बार विद्यालय बन्द गर्न सरकारलाई आग्रह गरेको थियो । 

प्रकाशित: ४ वैशाख २०७८ १३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App