८ वैशाख २०८१ शनिबार
राजनीति

अहिले जनताले नेपाली हुनुमा गर्व गरिरहेका छन्: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाली जनतालाई कुनै कुरामा पनि दुखी नबनाएको बताएका छन्। नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले सामाजिक क्षेत्रमा कुनै पनि कार्य गर्न नछुटाएको बताएका छन्।

उनले भने, 'सरकार अपांग, अशक्तको होस् वा युवा सबैको मनोभावना बुझेर कार्य गरिरहेकाे छ। देशको विकाससंगै रोजगारीको बाटो पनि खुलाउँदै गएकोले अहिले जनताले नेपाली हुनुमा गर्व महशुस गरिरहेका छन्।' उनले पुल निर्माण सुरुंगमार्ग सडक निर्माण र जलविद्युत आयोजनाको काममा द्रुतरुपमा अघि बढेकोे बताएका छन्।  

साथै ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएको बताएका छन्। उनले काठमाडौंबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताएका छन्।

ओलीले सरकार सकेसम्म लकडाउन नगर्ने पक्षमा रहेको बताएका छन्। उनले भने सरकारले लकडाउनलाई अन्तिम उपायको रुपमा मात्र प्रयोग गर्ने छ लकडाउन हुन्छ भन्ने भ्रमकाे पछि नपर्नु हाेला।

प्रकाशित: १ वैशाख २०७८ ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App