coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रबाहेक अरु सबै पार्टीमा विदेशी शक्ति छन् : प्रचण्ड

फाइल तस्बिरः नागरिक

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको राजनीतिक परिस्थितिमा सबैभन्दा सहज आफूले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)लाई रहेको बताएका छन्। शुक्रबार बुटवलमा आयोजित कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेसहित सबै राजनीतिक दलमा असहज स्थिति रहेको तर आफूहरुको दलमा सहज स्थिति रहेको दाबी गरे।

सर्वोच्चको फैसलापछि माधव कुमार नेपालको समूह एमालेमा फर्किएपछि त्यहाँ अब केपी शर्मा ओलीमो मनपरी नचल्ने उनको भनाई छ। ‘माधवजी फर्किएर आएपछि एमालेभित्र निकै ठूलो झमेला सुरु हुनेवाला छ। केपीले जे मन लाग्यो त्यो खुरुखुरु गर्ने ठाउँ चाहिँ हुँदैन,’ उनले भने, ‘अहिले ओलीले १५०१ लाई केन्द्रीय सदस्य बनाउने भन्याछन्। त्यसो गरियो भने त्यहाँ ठूलै विद्रोह हुन्छ। त्यहाँ त्यति सजिलो छैन।’

उनले आफूहरुको दलमा विदेशी शक्ति नरहेकाले असहज अवस्था नरहेको जिकिर गरे। ‘अहिले सजिलोमा भएको कुनै पार्टी छ भने साथीहरु हाम्रै माओवादी केन्द्र हो। हाम्रो बाटो सिधा, सरल भयो। अरु कसैलाई सजिलो छैन। हामीभित्र विदेशी शक्ति छैन। भएपनि एउटा दुईटा होला, त्यो टाउको उठाउने ठाउँमा छैन,’ प्रचण्डले भने, ‘मूल प्रवाह चाहिँ विदेशीको इशारामा चल्नेवाल प्रवाह होइन। आफैं लड्नेवाला प्रवाह हो। अरु सबै भित्र विदेशी छन्। जब्बर ढङ्गले छन्। त्यसैले टेन्सन अरुलाई छ हमीलाई छैन।’

सम्बोधनका क्रममा उनले प्रधानमन्त्री ओलीको पक्षमा लागेका गृहमन्त्री रामबहादुर थापासहितका नेताहरुलाई अब माओवादी केन्द्रमा नफर्किए हुने बताए।  

गृहमन्त्री थापासहित माओवादी केन्द्र पृष्ठभूमि भएका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा हाल ओलीको पक्षमा छन्।

प्रकाशित: २८ फाल्गुन २०७७ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App