८ वैशाख २०८१ शनिबार
राजनीति

ओलीको ओंठतालु सुकेको छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गरेर पनि यसलाई बचाउन खोजे पनि पार नलाग्ने भएपछि प्रधानमन्त्री केपी ओलीको ओठ तालु सुकेको बताएका छन्। तनहुँको दमौलीमा रिपोटर्स क्लब तनहुँले आयोजना गरेको साक्षात्कार कार्यक्रममा कांग्रेस वरिष्ठ नेता पौडेलले सो भनाइ व्यक्त गरेका हुन्।  

प्रधानमन्त्रीले शुक्रबार काठमाडांैमा गरेको सम्बोधनलाई देखेर प्रधानमन्त्रीको ओंठतालु सकेको देखिएको पौडेलले बताए। ‘प्रधानमन्त्री र उहाँका वकिलको पनि ओंठतालु सुकेको छ,’ उनले भने, ‘उहाँले असंवैधानिक काम गर्नुभयो, यस कदमलाई वैधानिक सिद्ध गर्न ज्यान फालेर लागेपनि नहुने भएपछि उहाँ चिन्तित हुनुभएको छ।’

सत्तरी वर्षको संघर्षमार्फत संविधान बनाएर देशले विकास र निकासको बाटो लियो भन्ने जनतामा आशा थियो त्यो भरोषा प्रधानमन्त्रीले चकनाचुर पारेको पौडेलले आरोप लगाए। ‘भण्डै दुई तिहाईको मत प्राप्त सरकारले पार्टीको आन्तरिक कारणले संसद विघटन गर्नु दुःखद् छ,’ पौडेलले भने।

कांग्रेस पार्टीलाई भरोसाको केन्द्र बनाउन पनि आवश्यक रहेको पौडेलले बताए। कांग्रेसले पहिला संविधानको रक्षा गर्दै ७० वर्षदेखीको परिवर्तनलाई समेत संस्थागत गर्न सक्नुपर्ने पौडेलले बताए। संविधानलाई कमजोर बनाएर देशलाई विदेशीको क्रिडास्थल बन्न नदिनको लागि पनि कांग्रेस सचेत हुनुपर्ने पौडेलले दाबी गरे। ‘संविधानको रक्षाको लागि प्रधानमन्त्रीले पद छोडेर भए पनि संविधानको रक्षा गर्नुपथ्यो तर उहाँले मनपरी रूपमा संसद् भंग गर्नु गलत भयो,’ पौडेलले आरोप लगाए।  

जिल्लाको विकासको सन्दर्भमा हेर्दा आफुहरूले जसरी छोडेको त्यस्तै रहेको उनले दाबी गरे। ‘नेकपाका साथीहरूले हामीले जीतेपछि त विकासमा कार्यपलट हुन्छ भन्नुभएको थियो तर ३ वर्षको अवधिमा एउटा पनि राष्ट्रिय योजना पार्नुभएन,’ उनले भने।  

धनगढीमा मौन जुलुस  

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले मौन जुलुस प्रदर्शन गरेका छन्। शनिबार धनगढीको चौराहादेखि विरोध र्‍याली निकाल्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म मौन जुलुस निकालिएको थियो।

¥यालीमा नेपाल ट्रेड यूनियन संघ, नेपाल शिक्षक संघ, डेमोक्रेटिक लयर एसोसियसन, सांस्कृतिक संघ, प्रजातान्त्रिक प्राध्यापक संघ, डेमोत्रेटिक इन्जिनियर नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ, नेपाल प्रेस युनियन, लोकतान्त्रिक नेवाः खल, प्रजान्तत्रवादी आयुर्वेद्धिक चिकित्सक संघ, शेर्पा संघ, प्रशासन व्यवस्था र विकास केन्द्रका पदाधिकारीहरूको सहभागिता रहेको थियो। सरकारको असंवैधानिक कदमदेखि श्रमिकको न्यूनतम पारिश्रमिक यथासीघ्र निर्धारण गर्नुपर्नेलगायतका नारा लगाइएको थियो। उनीहरूले हत्या, हिंसा, बलात्कारलगायतका घटनामा नियन्त्रण गर्नुपर्ने, कोरोना भाइरसको खोप आम सर्वसाधारणलाई पुगाउनुपर्ने पनि माग गरेका थिए।

मुख्यमन्त्री कार्यालय अगाडि पुगेको र्‍यालीको समापन नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष ज्ञानेन्द्र शाहले गरेका थिए। कांग्रेसले यसअघि प्रतिनिधिसभा निर्वाचन क्षेत्रहु“दै वडा तहसम्म विरोध प्रदर्शनका कार्यक्रम गरिसकेको छ। पुस ५ मा ओलीले संसद् विघटन गरेपछि त्यो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले निरन्तर आन्दोलन गर्दै आएको छ।

प्रकाशित: २५ माघ २०७७ ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App