प्रतिनिधिसभा पुनस्थापनाको माग गर्दै नेकपा प्रचण्डमाधव समूहले विराटनगरमा सिट्टी जुलुस निकालेको छ । विराटनगरको जनआन्दोलन चोकबाट सिट्टी बजाउँदै जुलुस निकालिएको थियो ।
नेकपा प्रचण्ड माधव समूहका नेता, कार्यकर्ता तथा विद्यार्थीहरुको सहभागितामा निकालिएको जुलुस विराटनगर बजार परिक्रमा गर्दै जलजला चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्नुहुँदै नेकपा मोरङ जिल्ला सचिवालय सदस्य ओसिम आलम, पारुल क्षेत्रीलगायतले सम्बोधन गरेका थिए । उनिहरूले प्रगितमन विरुद्धको संघर्ष थप चर्काउँदै लैजाने बताए ।
प्रकाशित: १३ माघ २०७७ १३:४७ मंगलबार