१३ माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

संसद् विघटनविरूद्ध प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन

तस्वीरः विजय राई/नागरिक

शुक्रबार प्रतिनिधि सभा विघटनविरूद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले काठमाडौं ठूलो र्‍याली निकालेकाे छ। काठमाडौंको विभिन्न १० स्थानबाट निस्किएको र्‍यालीलाई केन्द्रीय स्तरका नेताहरुले नेतृत्व गरेका थिए। र्‍यालीलाई नेकपाका नेताहरु घनश्याम भुसाल, देबेन्द्र पौडेल, कृष्णबहादुर महरा, पम्फा भुसाल, भीम रावल, देव गुरुङ, योगेश भट्टराई, रामकुमारी झाँक्री लगायतका नेताहरुले नेतृत्व गरेका थिए। 

उनीहरुको नेतृत्वमा अघि बढिरहेको र्‍यालीमा विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध चर्का नारा लगाएका छन्। प्रचण्ड–नेपाल समूहले शान्तीपूर्ण र सभ्य तरिकाले प्रस्तुत हुने दाबी गरेपनि र्‍यालीमा सहभागीहरुले भने अनादरयुक्त शब्द प्रयोग गरेका छन्। उनीहरुले ‘केपी ओली देश छोड, केपी–विद्याको पाराले दुःख पाए साराले, केपी ओली मुर्दावाद’ जस्ता तल्लो स्तरका नारा लगाएका छन्।

यद्यपि र्‍यालीमा केही सभ्य नाराहरु पनि लागिरहेका छन्। ‘संविधानको रक्षा गरौं, प्रतिगमन रोक्छौं, भ्रष्टाचारीलाई कारबाही गर, लोकतन्त्रवादी शक्तिहरु एक हौं’ लगायतका नारा पनि लागे।  

यसअघि, प्रचण्ड–नेपाल समूहका नेताहरुले संसद् विघटनविरूद्धको र्‍याली सभ्य तरिकाले सम्पन्न गर्ने बताउने गरेका थिए।

ट्राफिक व्यवस्था अस्तव्यस्त

प्रचण्ड–नेपाल समूहको र्‍यालीका कारण ट्राफिक व्यवस्था अस्तव्यस्त बन्दा यात्रूहरुले सास्ती ब्यहोर्नुपरेको छ। उपत्यकाका विभिन्न ठाउँबाट गन्तव्यका लागि छुटेका सार्वजनिक सवारीहरु र्‍यालीका कारण प्रभावित बन्दा यात्रुहरुले सास्ती ब्यहोर्नुपर्‍यो। 

शुक्रबार बिहानैबाट ट्राफिक प्रहरीले र्‍यालीलाई मध्यनजर गरेर कीर्तिपुर, दक्षिणकाली लगायतका ठाउँबाट रत्नपार्कका लागि छुट्ने सवारीहरुलाई बल्खुबाट नै फर्काउने गरेको थियो।  

यस्तै, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर लगायतका ठाउँबाट काठमाडौंका लागि छुटेका सवारीहरुलाई प्रहरीले कोटेश्वरमा नै रोकेको थियो।  

प्रतिनिधि सभा विघटनविरूद्ध प्रचण्ड–नेपाल समूहले काठमाडौंमा र्‍याली निकालेको छ। काठमाडौंमा विभिन्न स्थानबाट निकालिएको र्‍याली भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुनेछ। कोणसभालाई पुष्पकमल दाहाल, माधव कुमार नेपालसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने छन्।  

तस्वीरः विजय राई/नागरिक
तस्वीरः विजय राई/नागरिक
तस्वीरः विजय राई/नागरिक

प्रकाशित: ९ माघ २०७७ ०८:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App