१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

उपप्रधानमन्त्री पोखरेलको निर्देशन : पार्टी विभाजनमा लागेकाहरुको प्रतिकार गर्नुस्

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा विभाजनको विरुद्धमा लागेकाहरुको प्रतिकार गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।  

ओली निकट नेकपा बाराले कलैयामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पोखरेलले राष्ट्रियता, स्वाधिनता, स्वाभिमान र नेपाली जनताको हितमा काम गर्छु भन्दा केही नेताहरुले काम गर्न नदिएर पार्टी विभाजन गर्न खेल शुरु गरेको आरोप लगाए।  

पार्टी विभाजन गर्ने नेताहरुको षडयन्त्रलाई पूरा हुन नदिनको लागि कार्यकर्ताले उनीहरुको प्रतिकार गर्नु पर्ने पोखरेलको भनाई छ।  

नेपाली जनताको पक्षमा काम गर्छु भनेका नेताहरुले अहिले देशलाई नै बर्बाद गर्नका लागि नेकपालाई विभाजन गर्न लागेको र नेकपालाई विभाजन गर्नबाट रोक्न कार्यकर्ताहरु अगाडि बढनु पर्ने अवस्था आएको उनले बताए।  

नेकपा एमाले र माओवादी एक भएर तीन वर्ष नपुग्दै नेपाली जनताको हितमा काम गरिरहेको सरकारलाई गिराउनको लागि पार्टी विभाजन गर्ने खेल गरिएको र यस किसिमको कार्यलाई जनताले स्वीकार नगर्ने उनले बताए।  

धार्मिक पुरातात्वीक र ऐतिहासिक महत्वले बारा जिल्ला महत्वपूर्ण रहेको र यसको संरक्षण गरेर जिल्लाको विकास गर्नमा वर्तमान सरकार  सक्दो प्रयास गरिरहेको उनले बताए।  

कार्यक्रमलाई सम्बोधन गर्दै शहरी विकास मन्त्री प्रभु साहले सहमतिमै पार्टीलाई संचालन गर्न सहमति भएपनि प्रचण्डलाई माधव नेपालको सहयोग मिलेपछि प्रचण्डले पार्टीमा अलपमत बहुमतको खेल शुरु गरेको आरोप लगाए।  

माधव कुमार नेपाल नेकपा एमालेमा कमजोर अवस्थामा रहेको र अहिले प्रचण्ड  र माधव नेपाल मिलेर सहमति बाट पार्टीलाई संचालन गर्ने कुरालाई विर्सेर पार्टीलाई नै विभाजन गर्ने खेल शुरु गरेको उनले बताए।  

 

 

प्रकाशित: २७ पुस २०७७ १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App