१७ माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन पर्यवेक्षणमा ४० संस्थालाई अनुमति

निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका लागि पर्यवेक्षण अनुमति पाउने संस्थाहरूको टुंगो लगाएको छ।

आयोगका अनुसार अनुमति पाउनेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी जम्मा ४० वटा संस्था रहेका छन्। निर्वाचनमा तेस्रो पक्षबाट गरिने विधि र प्रक्रियाको अवलोकनको कारण निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न भएको सुनिश्चितता गर्ने आयोगको विश्वास छ।

यही मान्यताको साथमा आयोगले फागुन २१ गते हुने प्रतिनिधि निर्वाचनका लागि पर्यवेक्षण अनुमति प्रदान गर्ने संस्थाबारे निर्णय गरेको हो। अनुमति प्राप्त संस्थामध्ये ३६ वटा राष्ट्रिय र चार वटा अन्तर्राष्ट्रिय संस्था रहेका छन्।

आयोगले कूटनीतिक नियोग तथा अन्य देशका निर्वाचन आयोगहरूलाई भने स्वयं आमन्त्रण गर्ने प्रक्रिया अघि बढाइरहेको जानकारी दिएको छ। 

साथै अनुमति प्राप्त राष्ट्रिय पर्यवेक्षक संस्थाहरूलाई क्रमशः अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, पर्यवेक्षकको विवरण निर्वाचन पर्यवेक्षण प्रणालीमा प्रविष्टि तथा जाँचबुझ गर्ने र परिचयपत्र प्रदान गर्ने कार्य अघि बढाइने आयोगले जनाएको छ।

प्रकाशित: १९ पुस २०८२ १२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App