८ वैशाख २०८१ शनिबार
राजनीति

समस्या समाधान गर्न दुई अध्यक्ष मिल्नु पर्छ: मन्त्री नेम्बाङ

भौतीक पूर्वाधार तथा यातायत मन्त्री बसन्तकुमार नेम्बाङ अहिले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा देखिएको समस्या दुई अध्यक्ष मिलेर समाधान गर्नु पर्ने बताएका छन्। चैतमै महाधिवेशन गरेर पार्टी एकतालाई पूर्णता दिएर अघि बढ्नुनै हितकर देखिने उनको भनाई रहेको छ।

गृह जिल्ला पाँचथरमा आएका मन्त्री नेम्बाङले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । नेताहरु बिचमा छलफल भईरहेकाले सचिवालय बाटै समस्या समाधान हुने अपेक्षा राखिएको उनले सुनाए। १३ गतेको बैठक पछि समस्या समाधान हुदै जाने अपेक्षा रहेको बताए। ‘पार्टीको सल्लाह, समन्वय हुन्छ। तर पार्टीले निर्णय गरेर सरकारले यसो गर उसो गर भनेर सरकार चल्दैन्’ उनले भने ‘पार्टीले बनाएको नीति अनुसार सरकार चल्छ तर पार्टीको निर्णय सरकारमा कार्यान्वय हुदैन्।’

अहिले सरकार पुनगर्ठन गर्ने कुरा नभएको मन्त्री नेम्बाङले बताए। चैतमै महाधिवेशन गरेर पार्टी एकतालाई पूर्णता दिएर अघि बढ्नुनै हितकर देखिन्छ।  

प्रकाशित: १२ मंसिर २०७७ ०६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App