१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

निर्वाचन क्षेत्र विकासको लागि एक अर्ब चाहियोः सांसद यादव

जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामबाबुकुमार यादवले निर्वाचन क्षेत्रको विकासको लागि संघीय सरकारबाट प्रत्येक वर्ष एक अर्ब रुपैयाँ दिनु पर्ने माग गरेका छन्। शुक्रबार कलैयामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सांसद यादवले संघीय सरकारले क्षेत्रको विकासको लागि उपलब्ध गराएको छ करोड रकम थोरै भएको भन्दै एक अर्ब दिनु पर्ने माग गरेका हुन्।

६ करोड बजेर रकमको कारणले आफूहरु जनताबाट कुटाई खाने अवस्थामा पुगेको गुनासो उनले पत्रकार सम्मेलनमा गरे। क्षेत्रको जनताले आवश्यक कार्य गर्नको लागि बजेट माग गर्ने गरेको र छ करोड रुपैयाँबाट क्षेत्रको विकास गर्न नसकिने भएकोले जनताहरु टाढिदै गएको बताए।

क्षेत्रमा एक सय ५० जति गाउँहरु रहेको र सबै गाउँहरुमा सडक, नाला, खानेपानी, सिँचाइको लागि कुलो, नदी कटान गर्दा तटबन्ध लगाएतको थुप्रै समस्यहरु रहेका र त्यसलाई निर्वाचन क्षेत्रको लागि प्राप्त बजेटबाट पुरा गर्न नसकिने अवस्था रहेको यादवले बताए। संघीय सरकारले निर्वाचन क्षेत्रमा एक वर्षमा एक अर्बको बजेट रकमको योजनाहरु दिएर त्यसको कार्यान्वयन गराउनु पर्ने माग समेत यादवले गरे।

स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्रको लागि प्राप्त छ करोड बजेटलाई सांसदले छनौट गर्ने अधिकार पाए पनि त्यसको खर्च गर्ने अधिकार स्थानीय तहले पाएको कारणले कतिपय स्थानहरुमा गुणस्तर काम समेत गर्नमा समस्या देखिएको यादवले बताए।

पत्रकार सम्मेलनमा निर्वाचन क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य पारसप्रसाद साहले प्रदेश सरकारबाट संसदीय तथा निर्वाचन क्षेत्र विकास कोषबाट प्राप्त तीन करोड रकमले पनि क्षेत्रको विकास गर्नमा धेरै समस्या भएको गुनासो गरे।

थोरै बजेट प्राप्त भए पनि क्षेत्रमा पर्ने टोलहरुको जनताको आवश्यकतालाई हेरेर बजेट रकमलाई प्राथमिकतामा राखेर बजेट रकम गर्ने गर्ने गरेको साहले बताए।

प्रकाशित: २१ कार्तिक २०७७ १२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App