नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकार र यसको नेतृत्वले विगत ३५ वर्षमा देशमा केही प्रगति नै नभएको भाष्य निर्माण गर्न योजनाबद्ध रूपमा लागिपरेको बताएका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता बस्नेतले पछिल्लो समय विगतका सम्पूर्ण उपलब्धिलाई शून्य साबित गर्ने प्रयास भएको बताएका हुन्।
‘यदि ३५ वर्ष पूर्ण रूपमा असफल थियो भने, त्यसअघिको पञ्चायती व्यवस्था सफल थियो त ?’ भन्दै प्रश्न समेत गरेका छन्। उनले कुनै पनि देशको इतिहासलाई कालो र सेतो दुई रङमा मात्रै विभाजन गर्न नमिल्ने बताउँदै बहुदलपछिका ३५ वर्षमा कमजोरीहरू भए पनि पर्याप्त उपलब्धिहरू हासिल भएको बताएका छन्।
उनले तीन दशकमा देशमा संविधान निर्माण हुनुको साथै सङ्घीय लोकतान्त्रिक व्यवस्थाको स्थापना हुनुको साथै शिक्षा, स्वास्थ्य, सञ्चार, सडक, विद्युत्, र सूचना प्रविधिको क्षेत्रमा व्यापक सुधार भएको दाबी गर्दै सबै उपलब्धिलाई एकै वाक्यमा ‘नरक’ भनेर खारेज गर्न खोज्नु इतिहासप्रतिको अन्याय हुने बताएका छन्।
त्यसैगरी नेता बस्नेतले नयाँ राजनीतिक शक्तिहरूले सामाजिक सञ्जालको उत्तेजना फैलाएको बताएका छन्।
प्रकाशित: ३१ असार २०८३ १६:३४ बुधबार



-600x400.jpg)

