४ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस–एमाले खटपट : कोशीमा पनि गठबन्धन धरापमा

सुदूरपश्चिम र कर्णालीपछि कोशी प्रदेशमा पनि कांग्रेस एमाले गठबन्धन टुट्ने सम्भावना देखिएको छ।

कांग्रेस–एमाले खटपटपछि गठबन्धन धरापमा परेका कारण कोशीमा पनि गठबन्धन टुट्ने सम्भावना देखिएको नेपाली कांग्रेस कोशीका संसदीय दलका नेता उद्धव थापाले बताए।

उनले केन्द्रमा छलफल भइरहेका कारण आजै बेलुकासम्म निर्णय आउने र कोशीमा पनि कांग्रेसले सरकार छाड्नुपर्ने सम्भावना देखिएको बताए। उनले यसै विषयमा कोशी प्रदेशमा पनि छलफल जारी रहेको जानकारी दिए।

थापाले भने,‘अहिलेसम्म त केही भएको छैन, तर, बेलुकासम्म सरकारबाट बाहिरिनुपर्ने अवस्था आउन सक्ने सम्भावना देखिएको छ।’

कांग्रेस–एमाले गठबन्धन टुटेको खण्डमा के गर्ने भन्ने विषयमा पनि नेताहरूबिच छलफल सुरु भएको छ।

यता कोशी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला मन्त्री इन्द्रमणि पराजुलीले कोशीमा सत्ता समीकरण टुट्ने विषयमा आफूलाई केही पनि जानकारी नभएको बताए। उनले हालसम्म कांग्रेसका मन्त्रीहरूले कोशी प्रदेश सरकारबाट राजीनामा नदिएको स्पष्ट पारे। 

प्रकाशित: ३१ असार २०८३ १८:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App