coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

ओम्नी समूह कालोसूचीमा, एक वर्ष खरिदमा सहभागी हुन नपाउने

कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरिदनमा संलग्न ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) लाई कालो सूचीमा राखिएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले ‌ओम्नीलाई सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा  एक वर्षसम्म सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो।

स्वास्थ्य सेवा विभागको सिफारिसमा ओम्नीलाई सोमबारदेखि लागू हुनेगरी कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमनको कार्यालयले जनाएको छ।

कोरोना भाइरस महामारी सुरु भएसँगै ओम्नीले स्वास्थ्य सामाग्री ल्याउने ठेक्का पाएको थियो। तर बजार मूल्य भन्दा धेरै र एकलौटी सम्झौता गरिएको भन्दै विरोध भएपछि स्वास्थ्य सेवा विभागले सम्झौता रद्ध गरेको थियो।

 

यो पनि पढ्नुहोस्

ओम्नी समूहसँगको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्ध

 

 

यो पनि पढ्नुहोस्

टेलिकममा पनि पस्यो ओम्नी

 

 

प्रकाशित: २९ भाद्र २०७७ ०६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App