२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

बस्ती भत्काउँदा स्थानीयको विरोध, डोजरमाथि ढुंगा प्रहार

सुकुम्बासी बस्ती भत्काउँदा स्थानीयको विरोध गरेपछि जडबुटी क्षेत्रमा तनाव उत्पन्न भएको छ । स्थानीयले डोजरमाथि ढुंगा प्रहार गरेका छन् ।  

जडिबुटी क्षेत्रमा अतिक्रमित भूमि खाली गर्ने क्रममा तनाव उत्पन्न भएको हो । भक्तपुरतर्फको भागमा डोजर प्रयोग गरी बस्ती हटाउने प्रयास भइरहेका बेला केही स्थानीयले विरोध जनाउँदै ढुंगामुढा प्रहार गरेका छन् ।  

अतिक्रमित संरचना हटाउन पुगेका सुरक्षाकर्मी र प्राविधिक टोलीलाई लक्षित गर्दै ढुंगा प्रहार हुँदा बस्ती भत्काउने काम केहीबेरलाई रोकिएको छ ।  

 

प्रकाशित: १२ वैशाख २०८३ १९:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App