२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

मनोहरा किनारको बस्ती हटाउने क्रममा तनाव, केही घाइते

काठमाडौं उपत्यकाको जडिबुटीस्थित मनोहरा नदी किनारमा अतिक्रमित भूमि खाली गराउने क्रममा तनाव उत्पन्न भएको छ।

शनिबार साँझ बस्ती हटाउन पुगेको टोली र डोजरमाथि ढुंगामुढा प्रहार हुँदा सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब केही कर्मचारी घाइते भएका छन्।

भक्तपुरतर्फको भागमा अतिक्रमित संरचना भत्काउन पुगेका सुरक्षाकर्मी र प्राविधिक टोलीलाई लक्षित आक्रमण भएको हो।

ढुंगामुढाबाट घाइते भएका सुरक्षाकर्मीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। चारैतिरबाट ढुंगामुढा प्रहार हुन थालेपछि सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरीको टोलीले भवन भत्काउने कार्य रोकेर आजका लागि अभियान स्थगित गरेको छ।

प्रकाशित: १२ वैशाख २०८३ २०:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App