१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ओली–दाहाल संवाद खुलाउन दौडधुप

आन्तरिक विवाद बढ्दै जाँदा सत्तारूढ दलका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच गत मंगलबारदेखि संवाद हुन सकेको छैन। उनीहरूबीच संवाद गराउन यतिबेला पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको दौडधुप जारी छ। गत बुधबार साँझ हुने भनिएको दुई अध्यक्षबीचको छलफल अचानक रोकिएपछि शनिबार दाहाल निवास पुगेर पौडेले र पोखरेलले संवाद सुरु गर्न र सहमतिबाटै अघि बढ्न आग्रह गरेका थिए।

गत बुधबार दिउँसो दाहाललगायतका चार शीर्ष नेताले पार्टीभित्रको आन्तरिक विवादबारे सञ्चारकर्मीलाई जानकारी गराएपछि दुई अध्यक्षबीचको संवाद रोकिएको थियो। ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने अडानमा रहेको दाहाल समूहले सञ्चारकर्मीसँग आफूहरू पदका लागि नलडेको, प्रवृत्तिगत सुधारमा लागेको, विधि र पद्धतिमा पार्टी सञ्चालन गर्नुपर्ने अडानमा रहेको बताएका थिए।  

दुई अध्यक्षबीच तय भएको छलफल रोकिएपछि बिहीबार बिहान दाहालले संसदीय दलको उपनेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवास नेम्बाङलाई बोलाएर छलफल गरेका थिए। नेम्बाङसँगको भेटघाटमा खासै प्रगति नभएपछि शनिबार दिउँसो महासचिव पौडेल र स्थायी कमिटी सदस्य पोखरेल दाहाल निवास पुगेका थिए। दुई घण्टाभन्दा बढी समय उनीहरूबीच कुराकानी भएको थियो। ‘विभाजित मानसिकताले पु¥याउने असर, त्यसको प्रभाव, मुलुकले बेहोर्ने नोक्सानी, पार्टीलाई पुग्ने क्षतिबारे मिहीन ढंगले छलफल भयो। दुवै अध्यक्षका कुराकानी भए। दुवै जनामा पार्टी विभाजन गर्नु हुँदैन भन्ने छ। विवाद सल्टाउने उपाय खोजी भइरहेको छ’, दाहालसँगको भेटपछि एक नेताले भने। दाहालसँग भेट गर्नुअघि उनीहरूले प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए।  

दुवै अध्यक्ष पार्टी विभाजन गर्नुहुन्न भन्नेमा सहमत भए पनिक विवाद के गरी टुंग्याउने भन्नेमा अलमलमै रहेको भेटघाटमा सहभागी एक नेताले बताए। ‘अहिलेको विवाद समयमै न्यूनीकरण गर्न सकिएन भने भोलि पार्टीलाई मात्रै होइन, देशले बेहोर्ने क्षतिबारे पनि दुवै अध्यक्षलाई सम्झाएका छौं,’ उनले भने। अहिले विचारको लडाइँ नभएकाले पार्टीमा देखिएका कतिपय समस्या समाधान गरेर जान सकिने उनको बुझाइ छ।

दाहाल–नेपाल समूहले पत्रकारलाई बोलाएर पार्टीभित्रको अन्तरविरोधबारे जानकारी दिएपछि ओली रुष्ट बन्दा दुई अध्यक्षबीच विकसित संवादहीनताको गाँठो फुकाउन विष्णु पौडेल र शंकर पोखरेलको दौडधुप जारी छ।

कोरोना संक्रमण बढेपछि दाहाल निवासमा भेटघाट रोकिएको थियो। यसैबीच शनिबार पौडेल र पोखरेल दाहाललाई भेट्न पुगेका थिए। ‘शनिबार उहाँ ९दाहाल० लाई अलि फुर्सदमै भएको देख्यौं। कुरा गर्ने मनस्थितिमै रहेको देखेपछि लामो कुराकानी भयो। हामीले धेरै बेर पार्टीको भविष्य र मुलुकको भविष्यबारे बतायौं, उहाँले सुन्नुभयो,’ एक नेताले भने। उनका अनुसार दाहालले धेरै बेर पौडेल र पोखरेलको भनाइ सुनेपछि मात्रै जवाफ दिएका थिए। जवाफमा उनले पार्टी विभाजनको पक्षमा आफूहरू नरहेको, समस्या बालुवाटारतिरै रहेको बताएका थिए। ‘उताबाट ठोस प्रस्ताव आएको छैन, हामी पनि मुलुक र पार्टीप्रति गम्भीर छौं तर समस्या समाधान गर्नेभन्दा चर्काउनेतर्फ बालुवाटार लागेकाले समस्या रोकिनेभन्दा थपिन गएको छ,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।  

महासचिव पौडेलले आफूहरू संवाद सुरु गर्नुस् भन्न बालुवाटार र खुमलटार गएको बताए। ‘हामीले दुवै अध्यक्षलाई भेटेर संवाद सुरु गर्नुस् भनेका छौं। अहिले संक्रमण बढेकाले अलि असहज भएको छ। अब केही दिनमा संवाद सुरु हुन्छ,’ उनले भने।  

यसैबीच नेकपाका ६१ सांसदले पार्टी विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदरबारस्थित तत्कालीन माओवादी केन्द्रको संसदीय दल कार्यालयमा पत्रकारमाझ उनीहरूले पार्टीभित्र आफूहरू कुनै पनि गुटमा नलाग्ने र पार्टी विभाजन गरे साथ नदिने घोषणासमेत गरे। ‘यसभन्दा अगाडि ९विगतमा० हाम्रो पार्टीभित्र रहेका विभिन्‍न विचार समूहमा उपल्ला नेतृत्व तहहरूसँगै विभक्त भए पनि तत्काललाई एकताको महाधिवेशनसम्म पार्टीको विधान र एकताको भावना समेटिने गरी हामी सिंगो देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक स्थायित्वलाई अझ सुदृढ पार्न, पार्टीलाई एकताबद्ध बनाउने सामूहिक पहलकदमीमा प्रतिबद्ध छौं,’ उनीहरूद्वारा जारी सामूहिक प्रतिबद्धतापत्रमा उल्लेख छ। प्रतिबद्धतापत्र जारी गर्नेमा सांसदहरू विजय सुब्बा, गणेश पहाडी, यज्ञराज सुनुवार, विशाल भट्टराई, हेमकुमार राई, रामकुमारी झाँक्री, झपट रावल, दीपक भट्ट, अमनलाल मोदी, अञ्जना विशंखेलगायत छन्। यसरी प्रतिबद्धतापत्र जारी गर्नेमा ओली, दाहाल र नेपाल तीनै गुटका सांसद छन्।

दुवै अध्यक्ष पार्टी विभाजन गर्नुहुन्न भन्नेमा सहमत भए पनिक विवाद के गरी टुंग्याउने भन्नेमा अलमलमै रहेको भेटघाटमा सहभागी एक नेताले बताए। ‘अहिलेको विवाद समयमै न्यूनीकरण गर्न सकिएन भने भोलि पार्टीलाई मात्रै होइन, देशले बेहोर्ने क्षतिबारे पनि दुवै अध्यक्षलाई सम्झाएका छौं,’ उनले भने। अहिले विचारको लडाइँ नभएकाले पार्टीमा देखिएका कतिपय समस्या समाधान गरेर जान सकिने उनको बुझाइ छ।

कोरोना संक्रमण बढेपछि दाहाल निवासमा भेटघाट रोकिएको थियो। यसैबीच शनिबार पौडेल र पोखरेल दाहाललाई भेट्न पुगेका थिए। ‘शनिबार उहाँ ९दाहाल० लाई अलि फुर्सदमै भएको देख्यौं। कुरा गर्ने मनस्थितिमै रहेको देखेपछि लामो कुराकानी भयो। हामीले धेरै बेर पार्टीको भविष्य र मुलुकको भविष्यबारे बतायौं, उहाँले सुन्नुभयो,’ एक नेताले भने। उनका अनुसार दाहालले धेरै बेर पौडेल र पोखरेलको भनाइ सुनेपछि मात्रै जवाफ दिएका थिए। जवाफमा उनले पार्टी विभाजनको पक्षमा आफूहरू नरहेको, समस्या बालुवाटारतिरै रहेको बताएका थिए। ‘उताबाट ठोस प्रस्ताव आएको छैन, हामी पनि मुलुक र पार्टीप्रति गम्भीर छौं तर समस्या समाधान गर्नेभन्दा चर्काउनेतर्फ बालुवाटार लागेकाले समस्या रोकिनेभन्दा थपिन गएको छ,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।  

महासचिव पौडेलले आफूहरू संवाद सुरु गर्नुस् भन्न बालुवाटार र खुमलटार गएको बताए। ‘हामीले दुवै अध्यक्षलाई भेटेर संवाद सुरु गर्नुस् भनेका छौं। अहिले संक्रमण बढेकाले अलि असहज भएको छ। अब केही दिनमा संवाद सुरु हुन्छ,’ उनले भने। यसैबीच नेकपाका ६१ सांसदले पार्टी विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

 सिंहदरबारस्थित तत्कालीन माओवादी केन्द्रको संसदीय दल कार्यालयमा पत्रकारमाझ उनीहरूले पार्टीभित्र आफूहरू कुनै पनि गुटमा नलाग्ने र पार्टी विभाजन गरे साथ नदिने घोषणासमेत गरे। ‘यसभन्दा अगाडि (विगतमा) हाम्रो पार्टीभित्र रहेका विभिन्‍न विचार समूहमा उपल्ला नेतृत्व तहहरूसँगै विभक्त भए पनि तत्काललाई एकताको महाधिवेशनसम्म पार्टीको विधान र एकताको भावना समेटिने गरी हामी सिंगो देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक स्थायित्वलाई अझ सुदृढ पार्न, पार्टीलाई एकताबद्ध बनाउने सामूहिक पहलकदमीमा प्रतिबद्ध छौं,’ उनीहरूद्वारा जारी सामूहिक प्रतिबद्धतापत्रमा उल्लेख छ। प्रतिबद्धतापत्र जारी गर्नेमा सांसदहरू विजय सुब्बा, गणेश पहाडी, यज्ञराज सुनुवार, विशाल भट्टराई, हेमकुमार राई, रामकुमारी झाँक्री, झपट रावल, दीपक भट्ट, अमनलाल मोदी, अञ्जना विशंखेलगायत छन्। यसरी प्रतिबद्धतापत्र जारी गर्नेमा ओली, दाहाल र नेपाल तीनै गुटका सांसद छन्।

प्रकाशित: २६ श्रावण २०७७ ०१:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App