प्रतिनिधिसभा सदस्य निर्वाचनम दार्चुला जिल्लामा बिहीबार दिउँसो १ बजेसम्म कुल २८ हजार २१४ मत खसेको छ । कुल मतदाताको ३० दशमलव ४० प्रतिशत मत खसेको हो।
दार्चुलामा हालसम्म पुरुष मतदाताको संख्या १५ हजार १८७ र महिला मतदाताको संख्या १३ हजार ०२७ रहेको छ। मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको र मतदाताको उत्साहजनक सहभागिता देखिएको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ १४:१६ बिहीबार





