२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

रविको पक्षमा ३२ लाख हस्ताक्षर

फाइल तस्बिर

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा ३२ लाख ६ हजार ६०८ हस्ताक्षर संकलन भएको छ। यस्तै ६२ लाख १६ हजार ६६९ रुपैयाँ चन्दा संकलन भएको रास्वपा प्रवक्ता मनीष झाले जानकारी दिए। उनका अनुसार यो आँकडा शुक्रबारसम्मको हो।

लामिछाने अहिले भैरहवा कारागारमा छन्। सहकारी ठगी प्रकरणमा मुछिएर थुनामा गएका लामिछानेविरुद्ध राज्यले प्रतिशोध साँधेको जिकिर रास्वपाले गर्दै आएको छ। त्यही प्रतिशोधविरुद्धमा भन्दै रास्वपाले गत असार ७ गतेदेखि हस्ताक्षर संकलन अभियान थालेको थियो।

रास्वपाले हस्ताक्षर अभियानका लागि स्वतःस्फूर्त रूपमा सहयोग गर्नसमेत आह्वान गरेको थियो। उक्त आह्वानबमोजिम ६२ लाख रुपैयाँ बढी चन्दा संकलन भएको प्रवक्ता झाले जानकारी दिए।

प्रकाशित: २४ श्रावण २०८२ ०८:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App