२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

मोरङमा २९ दशमलव ५५ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ जिल्लामा बिहीबार दिउँसो १ बजेसम्म २९ दशमलव ५५ प्रतिशत मतदान भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जिल्लाभर रहेका ८८८ मतदान केन्द्रमध्ये हालसम्म कुल २ लाख ३१ हजार ३९७ मत खसेको छ।

जिल्लामा कुल ७ लाख ८३ हजार ५० मतदाता रहेकोमा खसेको मतमध्ये पुरुष १ लाख १६ हजार ७४९, महिला १ लाख १४ हजार ६४८ र अन्य २ जना रहेका छन्।  

निर्वाचन क्षेत्रगत विवरण अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ३२ दशमलव ९८ प्रतिशत, क्षेत्र नम्बर २ मा २६ दशमलव ९३ प्रतिशत, क्षेत्र नम्बर ३ मा २८ दशमलव ९९ प्रतिशत, क्षेत्र नम्बर ४ मा ३२ दशमलव ९८ प्रतिशत, क्षेत्र नम्बर ५ मा २२ दशमलव १५ प्रतिशत र क्षेत्र नम्बर ६ मा ३२ दशमलव ४० प्रतिशत मतदान भएको छ। 

प्रकाशित: २१ फाल्गुन २०८२ १४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App