४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बैठकस्थल मै छौं, दुई अध्यक्षको सहमतिमा बैठक स्थगित भएको होइन : प्रवक्ता श्रेष्ठ

नेकपा स्थायी कमिटी बैठकका लागि नेकपाका नेताहरु बालुवाटार पुगेका छन्। एक अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताहरु बैठक स्थलमा पुगे पनि नेकपा नेकपा केन्द्रीय कार्यालयले बैठक स्थगित भएको सूचना सम्प्रेषण गर्यो। आज ११ बजेका लागि बैठक बोलाइएको थियो।  

पार्टीका अध्यक्षद्वयबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकोले बैठक स्थगित गरिएको सूचनामा जनाइए पनि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आफुहरु बैठकको पर्खाइमा हलमै रहेको बताए। श्रेष्ठका अनुसार बैठक स्थगितका लागि दुई अध्यक्षबीच सहमति छैन।  

यो पनि पढ्नुहोस्

नेकपा स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित

 

प्रकाशित: १३ श्रावण २०७७ ०६:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App