सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी समिति बैठक अनिश्तिककालका लागि स्थगित भएको छ। पार्टीका अध्यक्षद्वयबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकोले बैठक स्थगित गरिएको पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ।
यो पनि पढ्नुहोस्
नेकपा विवाद: नियमित अजेन्डामा प्रवेश गर्ने दाहाल–नेपाल निष्कर्ष
अध्यक्षद्वयका बीचमा परामर्श भएपश्चात अर्को बैठकको सूचना गरिने जनाइएको छ। यसअघि पटक पटक स्थगित हुँदै आएको स्थायी समिति बैठक आज बस्ने भनिएको थियो।
प्रकाशित: १३ श्रावण २०७७ ०५:१६ मंगलबार