६ चैत्र २०८० मंगलबार
राजनीति

सभामुख सापकोटाको आँखाको शल्यक्रिया

सभामुख अग्निप्रसाद सापकोटाको वुधबार मोतियाबिन्दुको शल्यक्रिया भएको छ। उनको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो।  

वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलिले आज बिहान १०:३० बजे उनको आँखाको शल्यक्रिया गरेको हो। केही समययता उनको आँखामा समस्या देखिएको थियो। उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्ने गरी सभामुख सापकोटा स्वयम्ले व्यहोरेको उनको सचिवालयले जनाएको छ।  

 

प्रकाशित: २४ असार २०७७ ०६:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App